General Knowledge Current Affairs Important Questions from 2082 Bhadra to 2082 Chaitra (2025/026)
2082/11/27
१. प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ सबैभन्दा बढी
मत ल्याई विजयी हुने उम्मेदवार को हुनुहुन्छ ?
@ बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी(६८,३४८, झापा–५)
– निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री
केपी शर्मा ओलीले १८,७३४ मत प्राप्त गर्नुभएको ।
– यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक १२५
स्थान (प्रत्यक्षतर्फ) मा जित हासिल गरेको छ ।
– निर्वाचन मिति
: विसं २०८२ फागुन २१
– निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल : १३६
– कुल मतदान : करिब ६० प्रतिशत
– सबैभन्दा कम
मतका साथ विजयी उम्मेदवार : टेकबहादुर गुरुङ (२४१५, मनाङ
१)
– सबैभन्दा बढी मतान्तरले विजयी उम्मेदवार : डा. लेखजङ्ग थापा
(५०,३७९, रुपन्देही ३)
– सबैभन्दा कम
मतान्तरले विजयी उम्मेदवार : विश्वराज पोखरेल (५, ओखलढुङ्गा
१)
– प्रत्यक्षतर्फ
सबैभन्दा बढी उमेरका विजयी उम्मेदवार : टेकबहादुर गुरुङ (७१ वर्ष, मनाङ १)
– प्रत्यक्षतर्फ
सबैभन्दा कम उमेरका विजयी उम्मेदवार : प्रशान्त उप्रेती (२५ वर्ष, मकवानपुर २)
– सबैभन्दा
पहिले विजेता घोषित उम्मेदवार : रञ्जु दर्शना (काठमाडौँ १)
२. आइसिसी पुरुष
टी–२० विश्वकप २०२६ को उपाधि जित्ने राष्ट्र कुन हो ?
@ भारत (उपविजेता : न्युजिल्यान्ड)
– सन् २०२६
मार्च ८ मा भएको फाइनलमा न्युजिल्यान्डविरुद्ध ९६ रनको सहज जित निकाल्दै आयोजक
भारतले आइसिसी पुरुष टी– २० विश्वकपको उपाधि जितेको हो ।
– भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक च्याम्पियन
बनेको छ । यससँगै भारत उपाधि रक्षा गर्ने तथा घरेलु मैदानमा च्याम्पियन बन्ने
पहिलो राष्ट्र भएको छ । भारतले
सन् २००७ र २०२४ मा विश्वकप जितेको थियो । भारत तेस्रो पटक उपाधि जित्ने एक्लो टोली हो ।
– अहमदाबादस्थित
नरेन्द्र मोदी रङ्गशालामा भारतले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याउने क्रममा
न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा समेटिएको छ ।
खेल
सञ्चालन मिति : सन् २०२६ फेब्रुअरी ७ – मार्च ८
आयोजक
राष्ट्र : भारत र श्रीलङ्का
सहभागी
राष्ट्र : २०
जम्मा
खेल : ५५
प्लेयर
अफ द सिरिज : सन्जु स्याम्सन (भारत)
सर्वाधिक
रन : साहिबजादा फरहान (३८३ रन, पाकिस्तान)
सर्वाधिक विकेट : जसप्रित बुम्राह र बरुण
चक्रवर्ती (समान १४ विकेट, भारत)
३. इरानमा इस्लामिक
गणतन्त्रको नयाँ नेताको रूपमा कसलाई नियुक्त गरियो ?
@ आयातोल्लाह सय्यद मोजतबा खामेनी
– नियुक्त मिति : सन् २०२६ मार्च ९
– सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलको सैन्य
कारबाहीमा उनका बुबा आयातोल्लाह अली खामेनी मारिएका थिए ।
– इरानको विशेषज्ञ सभाले मोजतबा खामेनीलाई इस्लामिक
गणतन्त्रको नयाँ नेताका रूपमा नियुक्त गरेको हो ।
– इरानको रिभोलुसनरी गार्डले सो नियुक्तिको समर्थन गरेको
छ । साथै, इरान समर्थित लेबनानी लडाकु समूह हिजबुल्लाहले पनि समर्थन
गरेको छ ।
७. विश्व सङ्गीतको सर्वोच्च अवार्ड ग्रामी (सन् २०२६ मा)
अन्तर्गत ‘एल्बम अफ द इयर विधाको अवार्ड कसलाई प्रदान गरियो ?
@ डेबी टिरार मास फोटोस (मैले अझै धेरै
फोटोहरू खिच्नुपथ्र्यो ।) – ब्याड बन्नी
(ग्रामी अवार्डको इतिहासमै ‘एल्बम अफ द
इयर’ जित्ने पहिलो पूर्ण स्पेनिस भाषाको एल्बम हो ।)
– रेकर्ड अफ द इयर ः लुथर – केन्ड्रिक लामार र सिजा
– सङ अफ द इयर ः वाइल्ड फ्लावर– बिली आइलिस
– बेस्ट न्यु आर्टिस्ट ः ओलिभिया डिन
८. नेपाल विश्व स्वास्थ्य सङ्गठनको
कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो ?
@ सन् २०२५ मे
९. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा प्रतिव्यक्ति रुख
सङ्ख्या कति रहेको छ ?
@ १११ (प्रतिव्यक्ति वन क्षेत्र : ०.२
हेक्टर)
१०. नेपाल र भारतबिच जैविक विविधता
संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ?
@ विसं २०८२ फागुन १३ (सन् २०२६ फेब्रुअरी
२५)
– समझदारीपत्रमा
नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्मा र भारतका तर्फबाट
वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारद्वारा
हस्ताक्षर भएको हो ।
११. सरकारकाले जङ्गली बँदेललाई पुनः एक वर्षका लागि कृषि
हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ?
@ विसं २०८२ फागुन ११
१२. सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से
रणनीतिक योजनाको अवधि कुन हो ?
@ आव २०८१/८२ – २०८६/८७
१४. सगरमाथा वृक्षरोपण महाअभियान कहिले देखि
सुरु भएको हो ?
@ विसं २०८२ असार १४ (राष्ट्रिय वृक्षरोपण
दिवसको अवसरमा)
१५. जापानको प्रधानमन्त्रीमा चयन हुन सफल
राजनीतिज्ञ को हुन् ?
@ सानाए ताकाइची (सन् २०२६ फेब्रुअरी)
१७. विश्वभरका विश्वविद्यालयको वरीयता मापन गर्दै आइरहेको
टाइम्स हाइअर एजुकेसन (टिएचई) का अनुसार सन् २०२६ मा त्रिभुवन विश्वविद्यालय कति
औँ स्थानमा रहेको छ ?
@ १५०१ औँ
– त्रिभुवन विश्वविद्यालय विश्वका १६ हजार तीन सय
विश्वविद्यालयमध्ये १५०१ औँ वरीयतामा परेको हो ।
१८. ‘अनुशासनबिनाको प्रतिभा छरिएको ऊर्जा
जस्तै हो” भन्ने व्यक्तित्व को हुन् ?
@ अल्बर्ट आइन्स्टाइन
१९. संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय
प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ?
@ सन् २०२१–२०३०
2082/11/13
१. २५ औँ संस्करणको शीतकालीन ओलम्पिक खेलकुद
प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो ?
@ सन् २०२६ फेब्रुअरी ६–२२, मिलान–कोर्टिना, इटाली
– मोट्टो : इट्स योर भाइव
– सहभागी राष्ट्र : ९२
३. सरकारले ५० करोड रुपियाँमाथिको विदेशी लगानी पनि अब
स्वचालित मार्गबाट नै गर्न सकिने गरी नयाँ नियम कहिले ल्याएको हो ?
@ विसं २०८२ फागुन ४ (राजपत्रमा प्रकाशित)
– सरकारले विदेशी लगानी स्वीकृतिका लागि यसअघि रहेको ५० करोड
रुपियाँसम्मको सीमा हटाएर जतिसुकै ठुलो पुँजीको लगानी पनि स्वचालित मार्ग (अनलाइन)
बाटै स्वीकृत गर्न सकिने व्यवस्था गरेको छ ।
५. दक्षिण एसियाली मुलुक बङ्गलादेशको नयाँ
प्रधानमन्त्री बन्न सफल राजनीतिज्ञ को हुन् ?
@ तारिक रहमान (सन् २०२६ फेब्रुअरी १७)
६. विश्व म्याराथन च्यालेन्ज अन्तर्गत सात महादेशमा सात दिन
लगातार सञ्चालन भएको सात वटा म्याराथनमा नेपाली पोसाक दौरा सुरुवालमा दौडेर विश्व
कीर्तिमान कायम गर्ने धावक को हुन् ?
@ बाल जोशी (नेपाली मूलका अमेरिकी धावक)
७. ‘एआई इम्प्याक्ट समिट २०२६’ को आयोजना कहाँ गरियो ?
@ नयाँदिल्ली, भारत (सन् २०२६ फेब्रुवरी १६–२१)
– अमेरिका, चीन, रुस र युरोपेली
सङ्घलगायत ८८ वटा देश र संस्थाद्वारा ऐतिहासिक ‘नयाँदिल्ली डिक्लेरेसन अन एआई
इम्प्याक्ट’ मा हस्ताक्षर भएको छ ।
९. नेपाली साहित्यमा
‘आशुकवि को उपाधिबाट कसलाई चिनिन्छ ?
@ शम्भुप्रसाद
ढुङ्गेल
१०. अर्थ मन्त्रालयद्वारा विसं २०८२ माघ २७ मा प्रस्तुत
तथ्याङ्क अनुसार आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धि कति हुने संशोधित अनुमान
रहेको छ ?
@ ३.५ प्रतिशत
– सरकारले चालु आवको बजेटमार्फत कुल गार्हस्थ उत्पादन
(जिडिपी) को वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरेको थियो ।
– गत आवमा वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान छ ।
११. प्राचीनकालमा चोभारलाई कच्छपाल गिरि भनी चिनिन्थ्यो भने
चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?
@ दोलागिरि/दोलाद्रीगिरि
१५. २० औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन (२०८२
फागुन) को उपाधि कसले जितेका छन् ?
@ जुलियस मुरिउकी वाहोम (केन्याली धावक, २ घण्टा २३ मिनेट ३९ सेकेन्ड)
पुरस्कार राशि : चार लाख रुपियाँ
– द्वितीय : गजेन्द्र राई (२ घण्टा २४ मिनेट ४७ सेकेन्ड)
पुरस्कार राशि : दुई लाख रुपियाँ
– तृतीय : हरिकुमार रिमाल (२ घण्टा २७ मिनेट १८ सेकेन्ड)
पुरस्कार राशि : एक लाख रुपियाँ
– निर्धारित दुरी : ४२.१९५ किलोमिटर
१६. आइसिसी टी–२० विश्वकप क्रिकेटमा शतक
प्रहार गर्ने विश्वकै कान्छा खेलाडी को बनेका छन् ?
@ युवराज समारा (क्यानडा, उमेर : १९ वर्ष १४१ दिन)
– १० औँ संस्करणको आइसिसी टी–२० विश्वकप
क्रिकेटमा समाराले न्युजिल्यान्डविरुद्ध ११० रनको शतकीय इनिङ्स खेलेका छन् ।
१७. भारतद्वारा पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड
कोरिडोर बनाउने घोषणा कहिले गरिएको हो ?
@ सन् २०२६ फेब्रुअरी १०
– पशुपतिनाथ र झारखण्डस्थित वैद्यनाथ
मन्दिर जोड्ने सो मार्गको लम्बाइ २५० किलोमिटर हुने छ ।
१८. नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक
पत्रिका गोरखापत्र कहिलेदेखि दैनिक रूपमा प्रकाशित हुन थालेको हो ?
@ विसं २०१७ फागुन ७
१९. नेपाली आकाशमा छ वटा ग्रह एकसाथ कहिले
देखिए ?
@ विसं २०८१ माघ १४ (सन् २०२५ जनवरी २७)
2082/11/7
१. भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२५ अनुसार
नेपाल कति औँ स्थानमा रहेको छ ?
@ १०९ औँ (१८२ देशमा)
२. सरकारले जङ्गली
रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ?
@ विसं २०८२ माघ २९
– सरकारले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु
घोषणा गरेको हो ।
३. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त
आयोगले विसं २०८२ माघ २९ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्यसम्पादन
मूल्याङ्कनमा पहिलो स्थनमा रहन सफल प्रदेश कुन हो ?
@ सुदूरपश्चिम प्रदेश (४५.७० अङ्क)
५. आइसिसी टी–२० विश्वकप, २०२६ (दसौँ संस्करण) को आयोजना मिति कुन हो ?
@ सन् २०२६ फेब्रुवरी ७–मार्च ८
– आयोजक : भारत र श्रीलङ्का
– सहभागी राष्ट्र : २०
– टी–२० विश्वकपमा नेपाल तेस्रो पटक (सन्
२०१४, २०२४, २०२६) सहभागी भएको
हो ।
७. दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा हालै
सम्पन्न निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन सफल पार्टी कुन हो ?
@ बङ्गलादेश नेस्नलिस्ट पार्टी (बीएनपी)
– निर्वाचन सम्पन्न मिति : सन् २०२६ फेब्रुवरी १२
८. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई
चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ?
@ श्री ५ राजेन्द्र
९. करिब १५ सय वर्ष पुरानो अर्धवृत्ताकार
बुद्ध मन्दिर कहाँ फेला
परेको छ ?
@ तिलौराकोट, कपिलवस्तु (विसं २०८२ माघ)
१०. फ्रान्सको राज्यक्रान्ति पछि त्यहाँको
शासन सत्ता कसले समालेका थिए ?
@ नेपोलियन बोनापार्ट
११. नेपालको तराई, भावर, दुन, भित्री मधेश टार
आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?
@ उष्ण मनसुनी हावापानी
१२. पञ्च महाभूत भन्नाले के–केलाई बुझाउँछ ?
@ पृथ्वी, जल, तेज, वायु र आकाश
१४. सरकारले कुन प्रदेशबाट क्षयरोग मुक्त नेपाल अभियानको
सुरुवात गरेको हो ?
@ कर्णाली प्रदेश
१५. नेपालमा बाल अदालत कहिलेदेखि सञ्चालन भएको हो ?
@ विसं २०८२ वैशाख २
१६. नेपालमा उपभोक्ता अदालतको स्थापना कहिले भएको हो ?
@ विसं २०८१ चैत्र २
१७. एसियाली विकास बैङ्कको दक्षिण एसिया
विभागको महानिर्देशकमा नियुक्त हुने नेपाली को हुन् ?
@ अर्थशास्त्री सोना श्रेष्ठ
१८. विश्वमा सहकारीको विकास कुन देशबाट भएको
हो ?
@ बेलायत
2082/10/28
१. साफ यु–१९ महिला च्याम्पियनसिप, २०२६ को उपाधि कुन देशले जितेको छ ?
@ भारत
– उपविजेता : बङ्गलादेश
– सञ्चालन मिति : २०८२ माघ १७–२४
– सहभागी टोली : चार (नेपाल, भारत, बङ्गलादेश, भुटान)
५. नेपाल बिमा प्राधिकरणको पहिलो महिला
अध्यक्ष को हुन् ?
@ चन्द्रकला पौडेल
६. विश्व क्यान्सर दिवस कहिले मनाइने गरिन्छ ?
@ फेब्रुअरी ४
७. छोरी बिमा कार्यक्रम मधेश प्रदेशले सुरु
गरेको हो भने बैङ्क खाता छोरीको, सुरक्षा
जीवनभरिको कार्यक्रम कुन प्रदेशले सुरु गरेको हो ?
@ कर्णाली प्रदेश
८. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०८१ फागुनसम्म आधारभूत
खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?
@ ९६.८५ प्रतिशत
– त्यस्तै सुरक्षित खानेपानी (उच्च मध्यमस्तर) सेवाको पहुँच
पुगेको जनसङ्ख्या २८.५० प्रतिशत पुगेको छ ।
११. ‘नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५’ अनुसार नेपालका कति
प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच विस्तार भएको छ ?
@ ८२ प्रतिशत
१२. नेपालको कुन ठाउँमा कृषि आनुवांशिक
केन्द्र (जीन बैङ्क) स्थापना गरिएको छ ?
@ ललितपुरको खुमलटार
१३. सिमबायोटिक लिङ्क
भन्नाले भूराजनीतिक रूपमा कुन क्षेत्रलाई बुझिन्छ ?
@ इन्डो–प्यासिफिक
क्षेत्र
१५. फोब्र्सको नयाँ तथ्याङ्क अनुसार विश्वको
सबैभन्दा धनी व्यक्ति को रहेका छन् ?
@ एलन मस्क
१८. नेपालमा सर्वप्रथम डिएनए परीक्षण गरिएको
वनस्पति कुन हो ?
@ चिराइतो
१९. गोरखापत्र कहिलेदेखि प्रकाशित हुन थालेको हो ?
@ विसं १९५८ वैशाख २४
2082/10/21
८. विश्व सिमसार दिवस कहिले मनाइन्छ ?
@ फेब्रुअरी २
– सन् २०२६ –३० औँ) को नारा : वेटल्यान्ड्स एन्ड
ट्रेडिसनल नलेज ः सेलिब्रेटिङ कल्चरल हेरिटेज
९. ‘किड्नी अफ दि वल्र्ड’ भनी कुन क्षेत्रलाई चिनिन्छ ?
@ सिमसार क्षेत्र
१२. फ्राइडे फर फ्युचर नामक कार्यक्रमको
अभियन्ता को हुन् ?
@ ग्रेटा थनवर्ग –स्वीडेन)
१४. नेपालमा सुनकोशी नामक गाउँपालिका कति ओटा रहेका छन् ?
@ तीन –ओखलढुङ्गा, सिन्धुली, सिन्धुपाल्चोक जिल्लामा)
– लिखु नाम गरेका गाउँपालिका चार वटा –लिखु पिके–सोलुखुम्बु, लिखु– ओखलढुङ्गा, लिखु
तामाकोशी–रामेछाप, लिखु–नुवाकोट) रहेका छन् ।
१६. ‘जहिले पनि याद गर, सफल
भएरै छोड्ने तिम्रो सङ्कल्प नै सबैभन्दा महत्वपूर्ण कुरा हो’ भन्ने विचारक को हुन्
?
@ अब्राहम लिङ्कन
१८. १४ औँ दक्षिण एसियाली खेलकुद (साग) कहिले
र कहाँ आयोजना हुने निर्णय भएको छ ?
@ सन् २०२७ मार्च २३–३१, पाकिस्तान
२०. मुलुकी देवानी संहिता ऐन, २०७४ अनुसार नाबालक भन्नाले कुन उमेरको बालबालिबालाई
बुझिन्छ ?
@ १८ वर्ष पूरा नभएको
2082/10/14
१. कार्बन उत्सर्जन न्यूनीकरण तथा वन पैदावरमार्फत कार्बन
शोषित गर्दै विश्वबजारमा कार्बन व्यापारलाई औपचारिकता दिने एसियाको पहिलो मुलुक
कुन हो ?
@ नेपाल
– सन् २०२६ जनवरी २३ मा कार्बन व्यापार तथा वन पैदावर संरक्षण
गरेबापत आर्थिक लाभ पाउने ‘लिफ कोलिसन’ नामक ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर
गरेसँगै कार्बन व्यापारबाट औपचारिक रूपमा लाभ लिने नेपाल एसियाको पहिलो मुलुक
बनेको ।
– यस सम्झौतासँगै कम्तीमा ५५ लाख अमेरिकी डलर बराबरको जलवायु
वित्त नेपाल भित्रिने भएको
२. नेपाल र साउदी अरबबिच श्रम सम्झौतामा हस्ताक्षर कहिले भएको
हो ?
@ सन् २०२६ जनवरी २५
५. आर्थिक वर्ष २०८२/८३ को पुसमसान्तसम्म नेपालको सार्वजनिक ऋण
कति पुगेको छ ?
@ रु. २८ खर्ब ६ अर्ब ३९ करोड
६. स्मार्ट सहरी योजना र विकाससम्बन्धी
राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?
@ विसं २०८२ कात्तिक १६–१७ (काठमाडौँ
घोषणापत्र जारी ।)
८. पछिल्लो प्रतिवेदन अनुसार एआई प्रयोगमा
नेपाल कति औँ स्थानमा रहेको छ ?
@ ७६ औँ स्थान (१४७ देशमध्ये)
९. ‘जतिसुकै प्रयास गरे पनि सूर्य, चन्द्रमा र सत्यलाई कहिल्यै छोप्न सकिँदैन’ भन्ने भनाइ कसको हो ?
@ गौतम बुद्ध
१२. ‘सही निर्णय ज्ञानबाट आउँछ र सही ज्ञान
अनुभवबाट’ भन्ने विचारक को हुन् ?
@ प्लेटो
१८. सोह्रौँ (२०८१/८२–२०८५/८६) योजनाको अन्त्यसम्म नेपालको
बेरोजगारी दर कतिमा झार्ने लक्ष्य लिइएको छ ?
@ ५ प्रतिशत
१९. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार
सबैभन्दा धेरै आर्थिक वृद्धि भएको प्रदेश कुन हो ?
@ गण्डकी प्रदेश
२०. विश्व भन्सार दिवस कहिले मनाइन्छ ?
@ जनवरी २६
2082/09/30
१. राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै
प्रकाशित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी गरिबीको दर रहेको प्रदेश कुन हो ?
@ सुदूरपश्चिम प्रदेश (३४.१६ प्रतिशत)
३. नेपालमा प्रथम भक्का उत्सव कहिले मनाइयो ?
@ विसं २०८२ पुस २७
४. संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म
प्लास्टिकजन्य प्रदूषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ?
@ ८० प्रतिशत
५. नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति
पुगेको छ ?
@ ९०३
७. आइएसओ ९००१ः २०१५ को प्रमाण पत्र प्राप्त
गर्न सफल नेपालको केवलकार कम्पनी कुन हो ?
@ प्रभु केवलकार एन्ड टुरिजम लिमिटेड
– कम्पनीलाई अमेरिकास्थित गुणस्तर मापदण्ड
रेजिस्टेकले सो प्रमाणपत्र प्रदान गरेको ।
१०. बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन
कहिले भएको हो ?
@ सन् २०२५ डिसेम्बर ३० (८० वर्षको उमेरमा)
११. दरबार हाइस्कुलको पहिलो महिला
प्रधानाध्यापक को हुन् ?
@ शारदा कुमारी पौडेल
१४. ‘विश्वशान्तिको भविष्य सम्झौता र
सन्धिहरूमा निर्भर छैन, मानिसको
आफ्नै मनमस्तिष्कमा निर्भर छ’ भन्ने विद्वान् को हुन् ?
@ जयपृथ्वीबहादुर सिंह
१५. नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो ?
@ कर्णाली नदीको शक्तिघाट क्षेत्र (बर्दिया
र कैलालीको बिच)
१६. २२ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड
२०८२ मा वर्षका उत्कृष्ट खेलाडी को–को घोषित भए ?
@ पुरुषतर्पm ः दीपेन्द्रसिंह ऐरी (व्रिmकेट) र महिलातर्पm
ः एरिका गुरुङ (कराँते)
१७. सुदूरपश्चिम
प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित घोषित जिल्ला कुन हो ?
@ डोटी
१८. कृषि तथा वन
क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि
कुन हो ?
@ सन् २०२३–२०२७
१९. मानव जातिको भावी पुस्तामा सुधार ल्याउने
उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ ?
@ युजेनिक्स
2082/09/23
१. अमेरिकाद्वारा ‘अपरेसन एब्सोल्युट
रिजोल्भ’ नामक सैन्य अपरेसनमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी
पत्नीलाई अप्रत्याशित रूपमा कहिले पक्राउ गरी अमेरिका लगिएको हो ?
@ सन् २०२६ जनवरी ३
– अमेरिकाको यो कदमले विश्वव्यापी रूपमा
सैन्य हस्तक्षेपको बाटो खोलेको बताइएको ।
– अमेरिकाले ‘नार्को–टेररिज्म’ (लागुऔषध
आतङ्कवाद) को आरोप लगाएर एक सार्वभौम देशको बहालवाला राष्ट्रप्रमुखलाई पक्राउ
गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको
टिप्पणी गरिएको ।
४. सरकारले कर्मचारी सरुवाको बेथिति अन्त्य
गर्ने उद्देश्यले कार्यान्वयन गर्न थालेको व्यवस्था कुन हो ?
@ सफ्टवेयर पद्धति/माध्यम
७. बिम्स्टेक वडापत्रमा कहिले हस्ताक्षर भएको हो ?
@ सन् २०२२ मार्च ३०, श्रीलङ्का (५ औँ सम्मेलन)
– प्रस्तावना ल्याइएको : सन् २०१८ (चौथौ सम्मेलन, नेपाल)
१३. सन् २०२५ सेप्टेम्बरमा ‘ग्यालप’ द्वारा
सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ अनुसार विश्वकै सुरक्षित देश कुन
रहेको छ ?
@ सिङ्गापुर
१४. पद्मश्री साहित्य
पुरस्कार, २०८२ बाट सम्मानित हुने स्रष्टा को
हुनुहुन्छ ?
@ रमेश भुषाल (कृति
: छालबाटो)
१७. अर्थमन्त्री रामेश्वर खनालद्वारा अर्थ मन्त्रालयमा एकीकृत
कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को शुभारम्भ कहिले गरिएको हो ?
@ विसं २०८२ असोज १०
१८. सरकारले कृषिमा लगानी दशकका रूपमा घोषणा
गरेको अवधि कुन हो ?
@ विसं २०८१–२०९१
२०. हाल मुलुकमा
बैङ्किङ पहुँच पुगेको स्थानीय तहको सङ्ख्या कति छ ?
@ ७५३ (सबै स्थानीय तहमा)
२१. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा
दोस्रो आर्थिक गणनाका लागि तय गरिएको अवधि कुन हो ?
@ विसं २०८३ वैशाख २ – असार ७
– नेपालमा यसअघि २०७५ सालमा पहिलो
राष्ट्रिय आर्थिक गणना गरिएको थियो ।
2082/09/16
१. लुम्बिनी
प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ?
@ विसं २०८२ पुस १३
– प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर
९६.१६ प्रतिशत पुगेपश्चात् साक्षर प्रदेश घोषणा गरिएको ।
– हालसम्म पाँच वटा प्रदेश साक्षर घोषित भएका ।
२. करदाता सेवा
प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो ?
@ केराबारी
गाउँपालिका, मोरङ
४. १९ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन
महोत्सव, २०८२ मा ‘हात्ती सुन्दरी’ को उपाधि
जित्ने हात्ती कुन हो ?
@ पुनमकली
६. स्मार्ट सहरी
योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?
@ विसं २०८२
कात्तिक १६–१७ (काठमाडौँ
घोषणापत्र जारी ।)
७. संयुक्त राष्ट्रसङ्घद्वारा ‘इन्टरनेसनल
डिकेड फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा घोषणा गरिएको अवधि कुन हो ?
@ सन् २०२४ – २०३३
– युएनओद्वारा सन् २०१८–२०२७ को दशकलाई
८. सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई
व्यवस्थित गर्ने उद्देश्यले ‘हिमाल सफा राख्नेसम्बन्धी कार्ययोजना २०८२–२०८६’
कहिले स्वीकृत गरेको हो ?
@ विसं २०८२ मङ्सिर २८
११. ‘खुसीको कुनै चाबी छैन किनकि यसको ढोका
कहिल्यै बन्द हुँदैन’ भन्ने
व्यक्तित्व को हुन् ?
@ मदर टेरेसा
१३. अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले
मनाइन्छ ?
@ डिसेम्बर १८
१६. ‘ग्लोबल हिरो अवार्ड २०२५’ बाट सम्मानित हुने नेपाली को हुन् ?
@ कुलमान घिसिङ
१८. थाइल्यान्ड र कम्बोडियाबिच युद्धविराम
गर्ने सहमति कहिले भएको हो ?
@ सन् २०२५ डिसेम्बर २७
१९. निर्वाचन आयोगले विसंं २०८२ फागुन २१ गते
हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न
पाउने खर्चको सीमा कति तोकेको छ ?
@ रु. २५ लाखदेखि ३३ लाखसम्म
2082/09/09
१. सन् २०२५ डिसेम्बरमा घोषित फिफा वर्ष
खेलाडी को हुन् ?
@ पुरुषतर्फ : ओसमन डेम्बेले
(फ्रान्स/पिएसजी), महिलातर्फ : आइताना बोनमती
(स्पेन/बार्सिलोना)
२. पछिल्लो समय फेला पारिएको काजिनसारा
अर्थात् सिङ्गर ताल कुन जिल्लामा अवस्थित छ ?
@ मनाङ (चामे गाँउपालिका–४)
– ताल समुद्र सतहबाट करिब ५,२०० मिटरको उचाइमा रहेको प्रारम्भिक सर्वेक्षणले देखाएको ।
३. विश्व भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स–जिएचआई), २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
@ ७२ औँ
४. फिफा अरब कप २०२५ को उपाधि विजेता टोली कुन हो ?
@ मोरक्को (उपविजेता : जोर्डन)
६. चीनले हालै सार्वजनिक गरेको विश्वकै
सबैभन्दा सस्तो ह्युमानोइड रोबोट कुन हो ?
@ बुमी
८. हालै पृथ्वीबाट
पहिलो पटक अवलोकन गरिएको ब्ल्याक होल कुन प्रकारको हो ?
@ सुपरम्यासिभ
ब्ल्याक होल
९. एसिसी यु–१९ एसिया कप, २०२५ को उपाधि विजेता राष्ट्र कुन हो ?
@ पाकिस्तान
– उपविजेता : भारत
– सञ्चालन मिति : सन् २०२५ डिसेम्बर १२–२१
– आयोजक राष्ट्र : युएई
– सहभागी राष्ट्र : ८
– सेमिफाइनलमा पुग्ने राष्ट्र : भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश
१०. हुन त दुनिया दुःखले भरिएको छ तर त्यसबाट मुक्ति पाउने
कुराले पनि भरिएको छ । भन्ने भनाइ कसको हो ?
@ हेलन केलर
११. कानुनले तोकेबाहेक कागजातमा हुलाक टिकट
टाँस्नैपर्ने व्यवस्था हटाउने निर्णय कहिले भएको हो ?
@ विसं २०८२ मङ्सिर २९
१३. १६ वर्षमुनिका
बालबालिकाका निम्ति सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने राष्ट्र कुन हो ?
@ अस्ट्रेलिया (सन्
२०२५ डिसेम्बर १० देखि लागु)
१४. विश्व ध्यान दिवस कहिले मनाइन्छ ?
@ डिसेम्बर २१
१६. टेलिफोन कललाई
इन्टरनेटको माध्यमबाट देशमा भित्र्याउने प्रविधिलाई के भनी चिनिन्छ ?
@ भिओआइपी (भ्वाइस ओभर इन्टरनेट
प्रोटोकल)
१७. विश्व मानव अधिकार दिवस कहिले मनाइन्छ ?
@ डिसेम्बर १०
– सन् २०२५ को नारा : ह्युमान राइट्स, आवर
एभ्रिडे इसेन्सियल्स ।
– संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार घोषणापत्र सन् १९४८
डिसेम्बर १० मा जारी भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको ।
2082/08/10
१. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय
सम्मेलन (कोप–३०) कहिले र कहाँ सम्पन्न भएको हो ?
@ सन् २०२५ नोभेम्बर १०–२१, ब्राजिलको बेलेम
– आगामी कोप ३१ सन् २०२६ मा अस्ट्रेलियाको
एडिलेडमा हुने भएको ।
२. जी–२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ?
@ दक्षिण अफ्रिका
३. सरकारले मुख्य सचिवमा कसलाई नियुक्त ग¥यो ?
@ सुमनराज अर्याल
– विसं २०८२ मङ्सिर ८ को मन्त्रीपरिषद्
बैठकले मङ्सिर १० देखि लागु हुने गरी अर्याललाई २९ औँ मुख्य सचिवमा नियुक्त गरेको
।
– ५८ बर्से उमेर हदका कारण मुख्य सचिव
एकनारायण अर्याल ९ मङ्सिरबाट अनिवार्य अवकाश भएका ।
४. सरकारले कुन
निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको
छ ?
@ राष्ट्रिय योजना
आयोग
७. बेतन कर्णाली
अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
@ ४३२ मेगावाट
८. एभोकाडोको राजधानीका रूपमा घोषणा गरिएको स्थान कुन हो ?
@ धनकुटा (विसं २०७५)
९. नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका
महासचिव को हुन् ?
@ कोफी अन्नान र ड्याग ह्यामरसोल्ड
१०. राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ ?
@ मङ्सिर १
– विश्व कफी दिवस अक्टोबर १ मा मनाइने ।
– कफीमा पाइने तत्व : क्याफिन ।
११. हाल देशका कति
स्थानीय तहमा बैङ्किङ पहुँच पुगेको छ ?
@ ७५३
१२. विश्व
बैङ्कद्वारा सन् २०२५ अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा दक्षिण
एसियाको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
@ ५.८ प्रतिशत (सन्
२०२६ मा भने सो वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान रहेको ।)
१३. प्रथम
दृष्टिविहीन महिला टी–२० विश्वकप प्रतियोगितामा नेपालले कुन स्थान हासिल ग¥यो ?
@ दोस्रो
– विजेता : भारत
– उपविजेता : नेपाल
– आयोजक राष्ट्र : भारत र श्रीलङ्का
१५. ९८ औँ ओस्कार अवार्ड, २०२६ का लागि नेपालबाट चयन भएको चलचित्र कुन हो ?
@ एञ्जिला
१६. नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स
(एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?
@ विसं २०८२ साउन २६
१९. मिस युनिभर्स
२०२५ को उपाधि चुम्ने सुन्दरी को हुन् ?
@ फतिमा बोस
(मेक्सिको)
– संस्करण : ७४ औँ
– आयोजना : थाइल्यान्ड
२१. रुस र
युक्रेनबिचको युद्ध अन्त्य गर्नेसम्बन्धी २८ बुँदे शान्ति योजनाको मसौदा कहिले
सार्वजनिक गरियो ?
@ सन् २०२५
नोभेम्बर
– अमेरिकाद्वारा युद्ध अन्त्य गराउन विशेष पहल गरिएको ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८ बुँदे शान्ति योजनाको
मसौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षासम्बन्धी छुट प्रदान
गर्नुपर्ने प्रावधान रहेको जनाइएको ।
2082/08/02
१. नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो
संस्करण कहिलेबाट सुरु भएको हो ?
@ विसं २०८२ मङ्सिर १ (सन् २०२५ नोभेम्बर
१७)
खेल सञ्चालन मिति : विसं २०८२ मङ्सिर १ –
२७
खेल स्थान : त्रिवि अन्तर्राष्ट्रिय
क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौँ
सहभागी
टोली : ८ (जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स ।)
उद्घाटन
खेल : काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्स
पुरस्कार राशि :
प्रथम : रु. एक करोड १० लाख
दोस्रो : रु. ५१ लाख
तेस्रो : रु. २५ लाख
चौथो : रु. १५ लाख
५. नेपालमा राष्ट्रिय आर्टिफिसियल
इन्टेलिजेन्स (एआई) केन्द्रको स्थापना कहिले भएको हो ?
@ विसं २०८२ कात्तिक २४
– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा
एआई केन्द्र स्थापना गरिएको ।
६. ‘इमानदार भयौ भने
तिमीले धेरै साथी बनाउन नसकौँला तर जति बनाउँछौ साँचो साथी मात्र बनाउँछौ’ भन्ने
व्यक्तित्व को हुन् ?
@ जोन लेनन
११. सगरमाथाको सबैभन्दा धेरै पटक आरोहण गर्ने
गैर शेर्पा आरोही को हुन् ?
@ बेलायतका केन्टन कुल
– ५१ वर्षीय बेलायती पर्वतारोही केन्टन
कुलले सन् २०२५ मे १८ मा १९ औँ पटक सगरमाथाको सफल आरोहण गरेका ।
१६. विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण
गर्ने पहिलो नेपाली महिला को हुन् ?
@ दावा याङजुम शेर्पा (दोलखा)
१८. प्रकृतिमैत्री देशको सूचीमा विश्वमै पहिलो स्थानमा पर्न सफल
राष्ट्र कुन हो ?
@ नेपाल
१९. १७ औँ ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
@ सन् २०२५ जुलाई ५–६, रियो दी जेनेरियो, ब्राजिल
2082/07/12
१. ‘ग्लोबल पिस इन्डेक्स २०२५’ अनुसार नेपाल
कति औँ स्थानमा रहेको छ ?
@ ७६ औँ
– प्रतिवेदन अनुसार सूचीको पहिलो स्थानमा
आइसल्यान्ड रहेको । सार्क राष्ट्र भुटान २१ औँ स्थानमा रहन सफल भएको ।
२. विश्वकै सबैभन्दा ठुलो लामखुट्टे कारखाना कहाँ खुलेको छ ?
@ ब्राजिल (सन् २०२५)
– कारखानामा एडिस एजिप्टाई लामखुट्टेलाई वोल्बाचिया
ब्याक्टेरियाबाट सङ्क्रमित गराइन्छ, जसले डेङ्गु
भाइरसको विकास रोक्छ र रोग फैलिन दिँदैन ।
– ब्राजिल सन् २०२४ मा सबैभन्दा खराब डेङ्गु प्रकोपबाट
प्रभावित बनेपछि यो योजना ल्याएको ।
४. सरकारद्वारा कीर्तिपुरस्थित त्रिभुवन
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरुयोजना कहिले स्वीकृत गरिएको हो ?
@ विसं २०८२ असोज ३०
– मन्त्रीपरिषद्को असोज ३० को बैठकले सहरी
विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई
राष्ट्रिय प्राथमिकता निर्धारण गरेको ।
– लागत अनुमान : रु. १० अर्ब
५. अमेरिकी स्टक एक्सजेन्जमा सूचीकृत हुन सफल नेपाली मूलका
उद्यमीद्वारा स्थापित प्रविधि कम्पनी कुन हो ?
@ फ्युजमेसिन्स इन्क, सन् २०२५ अक्टोबर
७. पर्यटकको आकर्षक गन्तव्य ‘ब्रह्मस्थान’ कहाँ रहेको छ ?
@ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)
११. हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा
सबैभन्दा बढी शान्ति सैनिक पठाउने देश कुन हो ?
@ नेपाल, सन् २०२५
– सन् २०२५ अक्टोबरसम्म विभिन्न शान्ति
मिसनमा ५३८ महिला सुरक्षाकर्मीसहित ५,८१९ नेपाली शान्ति
सेनामा परिचालित रहेका ।
१२. जेनजी आन्दोलनको परिणाम स्वरूप हालै
सत्ता परिवर्तन हुन पुगेको अफ्रिकी मुलुक कुन हो ?
@ माडागास्कर
१३. नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक टी–२० विश्वकपका
लागि कहिले छनोट भएको हो ?
@ सन् २०२५ अक्टोबर १५
– सन् २०२६ मा छिमेकी राष्ट्र भारत र श्रीलङ्कामा आयोजना हुने
आइसिसी टी–२० मेन्स विश्वकपका लागि छनोट हुन सफल भएको ।
– नेपालले ओमानमा भएको छनोट खेलमा यो सफलता
हात पारेको ।
– सन् २०१४ : पहिलो पटक टी–२० विश्वकपमा सहभागी
– सन् २०२४ : दोस्रो पटक टी–२० विश्वकपमा सहभागी
– सन् २०२५ : तेस्रो पटक टी–२० विश्वकपमा छनोट
१५. जेनजी आन्दोलनपश्चात् पूर्वप्रधान
न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन कहिले भएको हो ?
@ विसं २०८२ भदौ २७
प्रधानमन्त्री नियुक्त : विसं २०८२ भदौ
२७
मन्त्रीपरिषद् विस्तार :
पहिलो पटक : विसं २०८२ भदौ ३०
दोस्रो पटक : विसं २०८२ असोज ६
तेस्रो पटक : विसं २०८२ कार्तिक ९
वर्तमान
मन्त्रीपरिषद्
१६. दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको
रिपोर्ट आएको छ ?
@ ५० वर्ष
– विसं २०८० वैशाखबाट सुरु भएको अनुसन्धानको प्रारम्भिक नतिजा
विसं २०८२ असारमा आएको
१७. नेपालमा सबैभन्दा अग्लो हाइलाइनको अभ्यास कहाँ गरियो ?
@ पर्वतको कुस्मा र बागलुङको बलेवा बिचमा
रहेको कालीगण्डकी खोँच
१८. आइसिसी पुरुष टी–२० विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया
प्यासिफिक छनोटको उपाधि कसले जित्यो ?
@ नेपाल
१९. हुम्ला जिल्लामा निर्माण गर्न थालिएको हुम्ला कर्णाली
दोस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
@ ३३५ मेगावाट
2082/06/29
१. सन् २०२५ मा भौतिकशास्त्रतर्फको
नोबेल पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को–को हुन् ?
@ जोन क्लार्क (बेलायत), मिसेल एच
डेभरेट (फ्रान्स) र जोन एम मार्टिनिस (अमेरिका)
नोबेल
पुरस्कार–२०२५
४. विश्व बैङ्कले सन् २०२५ अक्टोबरमा सार्वजनिक गरेको ‘साउथ
एसिया डेभलपमेन्ट रिपोर्ट’ अनुसार आव २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने
प्रक्षेपण छ ?
@ २.१ प्रतिशत
७. सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय कहिले
गरेको हो ?
@ विसं २०८२ असोज २३
– भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको
आयोग र सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको ।
९. इजरायल र हमासबिच
कहिलेदेखि लागु हुने गरी युद्धविराम सम्झौता भएको हो ?
@ सन् २०२५ अक्टोबर
११
– युद्धविराम सम्झौतामा युद्धविराम सुरु भएको ७२
घण्टाभित्र बन्धकलाई रिहा गरिने जनाइएको ।
– बन्धकको सट्टा इजरायलले आफ्ना जेलमा रहेका सयौँ
प्यालेस्टिनी कैदीलाई रिहा गर्ने ।
१०. बिमस्टेक बडापत्रमा कति धारा
रहेका छन् ?
@ ३६
– प्रस्तावना ल्याइएको : सन् २०१८ (चौथो सम्मेलन, नेपाल)
– बडापत्रमा हस्ताक्षर : ५ औँ सम्मेलन (सन् २०२२, श्रीलङ्का)
– नेपालको तर्फबाट बडापत्रमा हस्ताक्षर गर्ने : तत्कालीन
प्रधानमन्त्री शेरबहादुर देउवा
– बडापत्रमा हस्ताक्षर गर्ने एक मात्र राष्ट्रपति :
श्रीलङ्काबाट गोटाबाया राजापाक्षे
– हस्ताक्षर भएको मिति : सन् २०२२ मार्च ३०
– बडापत्रमा ११ वटा उद्देश्य र दुई वटा सिद्धान्त रहेका
।
– अनुसूची : २ वटा (अनुसूची १ : झन्डा, अनुसूची
२ : प्रतीक चिह्न)
– नेपालको प्रतिनिधि सभाबाट बडापत्र अनुमोदन : २०८० चैत
२०
– कार्यान्वयन मिति : सन् २०२४ मे २०
१२. विश्व हुलाक दिवस
कहिले मनाइन्छ ?
@ हरेक वर्ष
अक्टोबर ९
– सन् २०२५ को नारा : नागरिकका लागि हुलाक : स्थानीय
सेवा, विश्वव्यापी पहुँच ।
१३. जलवायु परिवर्तन
र यसको प्रभावसम्बन्धी विश्व सम्मेलन (सिसिआई–२०२५) कहिले र कहाँ सम्पन्न भएको हो ?
@ विसं २०८२ भदौ
२१–२३, काठमाडौँ
१५. क्युआर कोर्डको आविष्कार कसले
गरेका हुन् ?
@ मासाहिरो हारा (जापान)
– आविष्कार :
सन् १९९४
– क्युआर अर्थात् क्विक रेस्पोन्स कोर्ड एउटा दुई–आयामिक
म्याट्रिक्स बारकोर्ड हो । यसमा सेतो पृष्ठभूमिमा कालो वर्गाकार बक्सहरू हुन्छन्, जसले
विशिष्ट ढाँचा बनाउँछ ।
– क्यामेरा वा अन्य इमेजिङ उपकरणहरूले सजिलै पढ्न सक्ने
गरी यसको संरचना बनाइएको हुन्छ ।
– हाल यो प्रविधि मोबाइल, टिकट, उत्पादन
लेबलदेखि बैङ्किङसम्मका क्षेत्रमा अनिवार्य जस्तै बनेको छ
१९. विभिन्न देशमा निर्यात गर्न सकिने नेपालमा उत्पादित खाद्य
वस्तुको सङ्ख्या कति रहेको छ ?
@ ८१४
२०. नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक कति निर्धारण
गरिएको छ ?
@ रु. १९,५५०।– (विसं
२०८२ साउन)
२२. सार्वजनिक
संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार हाल नाफामा रहेका सार्वजनिक संस्थान
कति छन् ?
@ २८ वटा (नोक्सानमा रहेका : १५, दुई
वटाको विवरण प्राप्त नभएको ।)
१. ‘बालन डी ओर’ अवार्ड २०२५ विजेता खेलाडीको हुन् ?
@ पुरुषतर्फ : ओस्मान डेम्बेले (फ्रान्सका
फरवार्ड)
– महिलातर्फ : आइताना बोनमती (स्पेन, लगातार तेस्रो पटक जितेकी)
अन्य विजेता
– उत्कृष्ट पुरुष टोली : पिएसजी
– उत्कृष्ट प्रशिक्षक : लुइस एनरिके
– उत्कृष्ट गोलरक्षक : डोनारुमा
२. नेपाल विद्युत्
प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो ?
@ मनोज सिलवाल
३. सरकारले
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा कसलाई चयन ग¥यो ?
@ एआइजी मनोज केसी
४. जेनजी आन्दोलन (विसं २०८२ भदौ
२३–२४) को सन्दर्भमा भएका घटनाको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ
आयोग कहिले गठन गरिएको हो ?
@ विसं २०८२ असोज ५
– असोज ५ मा बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश
गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेकोे ।
– सदस्यहरूमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद्
विश्वेश्वरप्रसाद भण्डारी रहनुभएको ।
– आयोगको कार्यावधि तीन महिना तोकिएको ।
५. दुधकोशी–२
जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
@ ७० मेगावाट
– आयोजना सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी
गाउँपालिकामा निर्माण हुने ।
– यो आयोजना ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको ।
– लागत अनुमान : करिब १५ अर्ब ।
६. लोक सेवा आयोगद्वारा विसं २०८२
असोज ५ गते राष्ट्रपतिसमक्ष पेस गरिएको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक
प्रतिवेदन अनुसार स्थायी रोजगारीका लागि सबैभन्दा बढी उम्मेदवार सिफारिस भएको
जिल्ला कुन हो ?
@ जुम्ला
७. सिंहदरबारको निर्माण कसको पालामा भएको हो ?
@ चन्द्रशमशेर
– तत्कालीन प्रधानमन्त्री
चन्द्रशमशेरको पालामा बनेको सिंहदरबार यस पटक समेत गरी दुई चोटि आगोको चपेटामा
परेको ।
– पहिलो पटक आगलागी : विसं २०३० असार
२५ (प्रधानमन्त्री : कीर्तिनिधि विष्ट)
– दोस्रो पटक आगलागी : विसं २०८२ भदौ
२४ (प्रधानमन्त्री : केपी शर्मा ओली)
– जेनजी आन्दोलनको क्रममा भदौ २४ गते
आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका ।
१०. दर्ता भएका टे«डमार्क
कति अवधिभित्र प्रयोग नगरे खारेज हुने व्यवस्था रहेको छ ?
@ एक वर्षभित्र
– टे«डमार्क दर्ता गर्ने तर व्यवसाय
सञ्चालन नगरी होल्ड गरिराख्ने प्रवृत्ति बढेसँगै सरकारले यससम्बन्धी कानुनलाई
कडाइका साथ पालना गराउन लागेको बताएको ।
११. राष्ट्रिय शिक्षा
दिवस कहिले मनाइन्छ ?
@ असोज २
– आदर्श वाक्य (विसं २०८१–२०८५) : ज्ञान, विज्ञान, सिप, उद्यम र
मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता
१२. अन्तर्राष्ट्रिय
साक्षरता दिवस कहिले मनाइन्छ ?
@ सेप्टेम्बर ८
– सन् २०२५ को नारा (५९ औँ) : प्रमोटिङ लिट्रेसी इन द
डिजिटल इरा (डिजिटल युगमा साक्षरताको प्रवर्धन)
१४. राहदानी विभागका
अनुसार कहिलेसम्ममा सबैको हातमा ई पासपोर्ट पु¥याउने
लक्ष्य रहेको छ ?
@ सन् २०३०
१५. भर्चुअल मुद्राको
सुरुवात कुन देशबाट भएको हो ?
@ जापान
१७. शरणार्थी र
आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलो पटक कहिले आयोजना गरियो ?
@ सन् २०१६
सेप्टेम्बर १९
१८. मानव बेचबिखन तथा
ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
@ भदौ २०
२. नेपालको इतिहासमा पहिलो पटक महिला महान्यायाधिवक्ता बन्न
सफल व्यक्तित्व को हुनुहुन्छ ?
@ सविता भण्डारी
– विसं २०८२ भदौ २९ गते राष्ट्रपति रामचन्द्र
पौडेलद्वारा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारीलाई नियुक्त गरिएको ।
३. नेपालमा भ्रष्टाचारको विरोध एवं सामाजिक सञ्जालमाथि
प्रतिबन्धको विषयमा केन्द्रित रही जेनजी पुस्ताको आन्दोलन कहिले सञ्चालन भएको हो ?
@ विसं २०८२ भदौ २३–२४
– डिजिटल प्रविधि र सामाजिक सञ्जालमा सशक्त बनेको जेनजी
पुस्ता आफ्ना मागहरू उठान गर्दै सशक्त रूपमा आन्दोलनमा उत्रिएको ।
४. विश्वमा सर्वप्रथम एआई मन्त्री बनाउने देश कुन हो ?
@ अल्बानिया
– नियुक्ति मिति ः सन् २०२५ सेप्टेम्बर ११
– नाम ः डिएला
५. नेपालमा
राष्ट्रिय बाल दिवस कहिले मनाइन्छ ?
@ भदौ २९
७. युनेस्कोद्वारा
वास्तुकलाको राजधानीका रूपमा घोषणा गरिएको सहर कुन हो ?
@ रियो दी जेनेरियो (ब्राजिल)
८. वायुमण्डल नभएको
ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई
चिनिन्छ ?
@ शुक्र
९. अफ्रिका महाद्वीपकै ठुलो जलविद्युत् आयोजना कुन हो ?
@ ग्रान्ड इथियोपियन रेनेसाँस ड्याम (गर्ड), ब्लु नाइल नदी, इथियोपिया
– उद्घाटन ः सन् २०२५ सेप्टेम्बर ९
– उत्पादन क्षमता ः ५,१५० मेगावाट
१०. नेपालले विश्व स्वास्थ्य सङ्घ (डब्लुएचओ) को सदस्यता कहिले
प्राप्त गरेको हो ?
@ सन् १९५३ सेप्टेम्बर २
१२. प्रस्तावित मेरापिक राष्ट्रिय
निकुञ्ज कुन जिल्लामा पर्छ ?
@ सोलुखुम्बु
१५. जितिया पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?
@ तराई क्षेत्र
Comments
Post a Comment
If you have any doubt let me know.